के.एम.सी स्कूलमा अध्ययनरत बालक वेपत्ता : खोजी कार्यमा सहयोग गर्न अविभाबकको अपिल



२९ साउन २०७६, काडमाडौं

काडमाडौंको बुद्धनगरमा जेन्सल रावल वेपत्ता भएको छ । उनी के.एम.सी स्कूलमा कक्षा ८ मा अध्ययनरत थिए । जेन्सल वेपत्ताअघि घरबाट निस्किएर १८ वर्षका अभिषेक बस्याललाई भेटेको देखिएको छ । सोही आधारमा बस्याललाई प्रक्राउ गरी प्रहरीले अनुसनधान गरिरहेको छ । जेन्सन भक्तपुरको बालकोटमा बस्दै आएका थिए ।

काठमान्डौँ प्रहरी परिसर टेकु र अपराध अनुसन्धान व्यूरोले जेन्सनको खोजी गरिरहेको भए पनि पत्ता लाग्न नसकेको अभिभावकले बताएका छन् । अभिभावकले वेपत्ता हुनुअघि सँगै रहेका अभिषेकलाई घटनाबारे थाहा भएको बताएका छन् । तर बस्यालका परिवारले भने अभिषेकलाई छुटाउन दबाब दिइरहेको जेन्सनका अभिभावकले बताएका छन् ।

बानेश्वर प्रहरीका डीएसपी दुर्गाराज रेग्मिले भने प्रहरी बालकको खोजीका लागि गम्भीर भएर लागेको दाबी गरेका छन् । जेन्सन र अभिषेकले भेटेको देखिए पनि त्यसपछिका प्रमाण नभेटिएको डीएसपी रेग्मिले बताएका छन् । जेन्सनका परिवारले बालकको खोजीमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्