कतारमा ‘गलबन्दी’ गीतबाट पाए प्रकाशले सर्वोत्कृष्ट गायकको अवार्ड, अवार्ड थाप्न श्रीमतीसँगै पुगे



२९ साउन २०७६, काठमाडौँ

प्रकाश सपूत यतिबेला कतारमा छन् । उनी कार्यक्रमको लागि कतार पुगेका हुन् । यसपाली प्रकाशसँगै प्रकाशकी श्रीमती बिन्दु पनि कतार गएकी हुन् । प्रकाशले यो टुरलाई आफ्नो हनिमुनको पनि नाम दिएका थिए ।

कतारमा लोकगीतको अवार्ड कार्यक्रम पनि भएको थियो । जसमा प्रकाशले गलबन्दी गीतबाट सर्वोत्कृष्ट पाश्र्व गायकको अवार्ड हात पारेका छन् । अवार्ड लिन प्रकाश श्रीमती बिन्दुसँग स्टेजमा पुगेका थिए ।

उनले आफूलाई अवार्डको हकदार सम्झेर सम्मान गरिदिने सम्पुर्ण जुरी र दर्शकलाई धन्यवाद समेत दिए । प्रकाशले गलबन्दी गीतमा प्रस्तुती समेत दिएका थिए । उनको प्र्रस्तुतीले दोहाको माहोल नै अर्कै बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्