अमेरिकाले भिसा दिएपछि सन्दीपले लेखे यस्तो ट्वीट



२८ साउन २०७६, काठमाडौँ

अमेरिकी दुतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई मंगलबार बिहान भिसा दिएको थिएन । लगत्तै उनले आश्चर्यमा परेको भन्दै प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीलाई मेन्सन गरेर ट्वीट गरेका थिए ।

दूतावासले लामिछानेलाई बिहान साढे ११ बजेतिर भिसा सम्बन्धी निर्णय ‘रिभ्यू’ गर्नका लागि भन्दै पुनः बोलाएको थियो । ‘रिभ्यू’ पछि दूतावासले उनलाई भिसा दिएको छ ।

अमेरिकी भिसा पाएपछि सन्दीपले सामाजिक सञ्जाल ट्विटरमा कृतज्ञता व्यक्त गरेका छन्  । उनले अमेरिकी दूतावाससहित सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्