बहुप्रतिक्षित चलचित्र ‘साहो’ को ट्रेलर रिलिज, देखियो प्रभास र श्रद्धाको एक्सन अवतार



२८ साउन २०७६, काठमाडौँ

यो बर्षको सबैभन्दा प्रतिक्षित बलिउड चलचित्र साहो को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बाहुबली स्टार प्रभास र श्रद्धा कपुरको मुख्य भूमिका रहेको चलचित्र साहो अगस्ट ३० बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

सार्वजनिक ट्रेलरमा प्रभास र श्रद्धाको भरपुर एक्सनका साथ प्रेम पनि देख्न सकिन्छ । यो चलचित्र निकै लगानी गरेर बनाइएको छ । चलचित्रका लागि प्रभासले पारिश्रमिक मात्र १ सय करोड लिएको चर्चा छ । नायिका श्रद्धा कपुरले पनि यो चलचित्रबाट महंगो पारिश्रमिक बुझेकी छिन् । दर्शकहरु यो चलचित्र हेर्नको लागि निकै आतुर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्