वरुण र नताशाले सुटुक्क गरे इन्गेजमेन्ट !



२६ साउन २०७६, काठमाडौँ

वरुण धवन आजभोली चलचित्रका कारणभन्दा पनि आफ्नो प्रेमका कारण चर्चामा रहने गर्छन् । उनी लामो समयदेखि नताशाको प्रेममा छन् । धेरै समयदेखि नताशा र वरुणको विवाहको हल्ला पनि चलिरहेको छ । तर यो पुरा भने भएको छैन । यसैबिच वरुणको नयाँ रहस्य खुलेको छ ।

वरुण र नताशाले इन्गेजमेन्ट गरिसकेको खुलासा भएको छ । तर यसबारे वरुणले भने केहीपनि बोलेका छैनन् । वरुणले अर्को बर्ष नताशासँग विवाह गर्ने बताएका थिए । वरुण र नताशाले आफ्नो प्रेम खुलेरै बताएका थिए । फेरि वरुणलाई लुकेर इन्गेजमेन्ट गर्नुपर्ने जरुरत के थियो भन्ने प्रश्न अहिले सबैको मनमा आएको छ । आशा गरौँ यसबारे वरुणले चाडैँ नै जानकारी दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्