हिमांशपछि ‘इन्डियन आइडल’ का प्रतिस्पर्धी विभोरसँग अफेयरमा नेहा !



२६ साउन २०७६, काठमाडौँ

बलिउडकी सर्वाधिक चर्चित गायिका नेहा कक्कडको हिमांश कोहलीसँगको ब्रेकअपको कुरा सेलाउन नपाउँदै उनको अफेयरको कुरा आउन थालिसकेको छ । हिमांशसँग ब्रेकअप भएपछि नेहाको हालत निकै खराब भएको थियो । उनी डिप्रेशनमा समेत गएकी थिइन् । अहिले नेहा इन्डियन आइडल सिजन १० का प्रतियोगी विभोर पराशरसँग अफेयरमा रहेको हल्ला चलेको छ ।

अहिले सामाजिक सञ्जालमा यो कुराले निकै चर्चा पाइरहेको छ । भारतीय मिडियाले नै नेहा र विभोरको अफेयरको कुरा लेखेको छ । यो कुरा बढ्दै गएपछि विभोरले यसबारे मुख खोलेका छन् ।

विभोरले भने नेहासँगको अफेयरको हल्लालाई अस्वीकार गरेका छन् । उनले भनेका छन्, ‘यो सब कुरालाई हल्लाका रूपमा लिइदिनुस्, यो मान्छेहरूको घटिया मानसिकता हो । यदि कोही तपाईंको करिअर बनाउन सहयोग गरिरहेको छ भने यसको मतलब हो, उनले तपाईंभित्र केही प्रतिभा देखेर हो ।’ उनले इन्टाग्राममा आफूले नेहालाई दिदी सम्बोधन नगरेकाले दुनियाँलाई ‘गर्लफ्रेन्ड’ हो कि भन्ने भ्रम परेको पनि स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्