सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते



२५ साउन २०७६, काठमाडौं

सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन्।

शुक्रबार बिहान सोलु दुधकुण्ड नगरपालिका ३ लोदिङका ३५ वर्षीया माया शेर्पा भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन्।

आक्रमणपछि मायालाई तत्काल जिल्ला अस्पताल फाप्लुमा उपचारको लागि लगिएको तर, त्यहाँ उपचार सम्भव नभएपछि ओखलढुङ्गा रिफर गरिएको वडा सदस्य ल्हाक्पा शेर्पाले जानकारी दिए।

भालुले बारीमै आएर मकै खान थालेपछि स्थानीयले बारीमा डेरा निर्माण गरी भालु धपाउँदै आएका थिए । मायालाई डेरामै भालुले आक्रमण गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्