आफ्नै साथीसँग सापटी लिएको पैसा नतिरेपछि जेल जादैँ भारतीय अभिनेत्री कोयना



२५ साउन २०७६, काठमाडौँ

आफ्नै साथीसँग सापट लिएको पैसा नदिएपछि भारतीय अभिनेत्री कोयना मित्रलाई जेल सजाय हुने भएको छ । उनले उनको साथीलाई ३ लाखको चेक त दिएकी थिइन् तर उक्त चेक बाउन्स भयो ।

जसका कारण उनी अब ६ महिना जेल पर्नेछिन् । उनी चर्चित मोडल हुन् । उनको यस्तो हर्कतले उनलाई लाजमर्दो भएको छ । चेक बाउन्स भएपछि उनकी साथीले नै प्रहरीमा गएर उजुरी दिएकी थिइन् । जेल जाने डरले अहिले उनी फरार छिन् । तर प्रहरीले छिट्टै नै उनलाई पक्राउ गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्