दिपिकाले गराइन् अहिलेसम्मकै बोल्ड फोटोसुट, फ्यानले दिए यस्तो प्रतिक्रिया



२५ साउन २०७६, काठमाडौँ

दिपिका पादुकोणको डिमाण्ड बलिउडमा निकै हाई छ । उनको अभिनय र सुन्दरताको चर्चा दर्शकले सधैँ गर्ने गरेका छन् । यतिबेला भने दिपिका चलचित्र छपाक को सुटिङमा व्यस्त छिन् । त्यसपछि उनी आफ्नो समय चलचित्र ८३ लाई दिनेछिन् ।

यसैबिच दिपिकाले अत्यन्तै बोल्ड फोटोसुट गराएकी छिन् । तर दिपिकालाई फ्यानबाट नराम्रो कमेन्ट भने आएको छैन । सबैले उनको तस्बिरलाई लिएर सकरात्मक नै कमेन्ट गरेका छन् । सायद यो दिपिकाको अहिलेसम्मकै बोल्ड फोटो हो ।

यो एक सेमि न्यूड फोटोशूट हो । फोटो शेयर गर्दै डब्बुले क्याप्सनमा ‘ग्रेस एण्ड ब्युटी’ लेखेका छन् । फोटोमा दीपिकाले काउचमा पोज दिएकी छिन् । दीपिकाले यो फोटोशूट डब्बुको क्यालेण्डरका लागि गराएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्