बर्षमा ७ अर्ब ३३ करोड कमाएपछि अक्षयले भने : ‘यति रकम कमाउनको लागि रगत पसिना बगाएको छु’



२३ साउन २०७६, काठमाडौँ

सन् २०१९ को हाइएस्ट पेड सेलिब्रेटिको सुची सार्वजनिक भैसकेको छ । जसमा यसपटक बलिउडबाट अक्षय कुमार मात्र पर्न सफल भएका छन् । उनी उक्त सुचीको ३३ औँ स्थानमा छन् । उनको कमाई ६.५ करोड डलर अर्थात ७ अर्ब ३३ करोड रुपैया हो ।

अक्षयले यसबारे केही बोलेका छन् । उनले आफू यो स्थानमा आउँदा वास्तवमा नै निकै खुसी लागेको बताएका छन् । उनले यत्तिको कमाई गर्नको लागि आफूले दिनरात पसिना बगाएको समेत बताएका छन् ।

उनले यो आफ्नो मेहेनतको कमाई भएकाले आफ्नो लागि महत्वपूर्ण भएको बताए । एक एक पैसा कमाउनको लागि भोक प्यास नभनी काम गरेकाले यो स्थानमा आएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्