कारागारमा ‘जुम्रा’को बारेमा झडप, एकको मृत्यु



१७ साउन २०७६, काठमाडौं

ललितपुरस्थित नख्खु कारागारमा दुई कैदीबन्दीबीच झडप हुँदा एकका मृत्यु भएको छ।

झडपमा नख्खु कारागारमा जबरजस्ती करणी मुद्दामा जेल जीवन बिताइरहेका पूर्णबहादुर राजीवको मृत्यु भएको हो।

ललितपुर प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रवीन्द्र धानुकका अनुसार ज्यान मार्ने उद्योगमा सजाय काटिरहेका पवनकुमार महतोले इटाले हिर्काएर राजीवको ज्यान लिएका हुन ।

महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। उनीहरुबीच जुम्रा खोजीरहेको बेला आपसमा विवाद बढ्दै जाँदा झडप भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्