चार वर्ष सम्म पहिलो विवाह लुकाएका गोबिन्दाले ४९ बर्षमा गरे दोस्रो विवाह



१६ साउन २०७६, काठमाडौँ

गोबिन्दा अभिनयले भारतीय फिल्मी क्षेत्रमा आफ्नो छुट्टै छाप छोडेका छन्। कमेडी अभिनय उनको सबैले मनपराउने कलाकारिता हो । ९० को दशकपछि गोबिनदाले कमेडी जनरलाई नयाँ उचाई दिएको र फिल्मनिर्माताले उनकै कारण यसलाई गम्भीरतापूर्वक लिन सुरु गरेको बताइन्छ ।

ब्यक्तिगत जिवनका बारेमा गसिप हुने गरेका गोबिन्दाले हालै आफ्नो विवाहका बारेमा नयाँ खुलासा गरेका छन् । गोबिन्दा हालै भारतीय टिभी शो आपकी अदालतमा उपस्थित भएका उनले आफ्नो विवाहका बारेमा नयाँ रोचक कुरा खुलासा गरेका हुन् । उनले आफ्नै श्रीमनतीसंग दोस्रो पटक विवाह गरेको खुलाएका छन् ।

कार्यक्रममा गोबिन्दाले श्रीमतीसँग दोस्रो विवाह गर्नुको कारण खुलाए । आमाको इच्छा अनुसार गोबिन्दाले श्रीमतीसँग पुनर्विवाह गरेको बताए । उनले भने, ‘आमाकै इच्छा अनुसार ४९ वर्षमा पुगेर दोस्रो विवाह गरेको हुन् । ’

उनले सन् २०१५ जनवरीमा श्रीमती सुनितासँग धुमधामका साथ विवाह गरेका हुन् । गोबिन्दाले आफ्नी श्रीमती सुनितासँगको भेटलाई याद गर्दै भनेका थिए, ‘म सुनितासँग एउटा पार्टीबाट फर्किरहेको थिएँ । उनको हात मेरो हातसँग छोइएको थियो तर हामी दुबैले हात हटाएनौं । यसरी नै हाम्रो सम्बन्धको सुरुवात भयो ।’ गोबिन्दाले आफ्नो करियरका कारण विवाहलाई चार वर्षसम्म लुकाएर राखेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्