आमाको खुसीको लागि अब चाडैँ बिहे गर्दै सलमान, को बन्लिन् त सलमानकी बेहुली ?



१५ साउन २०७६, काठमाडौँ

बलिउड अभिनेता सलमान खानले अब बिहे गर्ने खबर सार्वजनिक भएको छ । सलमान खानकी आमाले आफूलाई छोराको बिहे भएको हेर्ने रहर भएको बताएकी थिइन् । उनले आफ्नो यो सपनालाई सलमानले पुरा गरिदिए निकै खुसी हुने पनि बताएकी थिइन् ।

त्यसैले अब सलमानले आमाको खुसीको लागि भएपनि विवाह गर्न लागेको खबर सार्वजनिक भएकोे छ । सलमान केहीसमय देखि युलियाको प्रेममा छन् । उनले युलियालाई जन्मदिनमा आमाको आग्रहमा नै हिराको औठी गिफ्ट पनि दिएका थिए । त्यसैकारणले पनि सलमानको युलियासँग सम्बन्ध अगाडी बढ्ने अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्