सन्नी लियोनीले मोबाइल नम्बर सार्वजनिक गरेपछि मच्चियोे हंगामा, युवाहरुले फोन गरेर बनाए हैरान



१५ साउन २०७६, काठमाडौँ

सन्नी लियोनीले केहीसमय अघि नम्बर सार्वजनिक गरेकी थिइन् । उनले सार्वजनिक गरेको नम्बर भने उनको थिएन । सन्नीले एक चलचित्रमा नम्बर सार्वजनिक गरेकी थिइन् । जुन नम्बर दिल्लीमा बस्ने पुनीत भन्ने व्यक्तिको रहेछ ।

अहिले उक्त मोबाइल नम्बरले तहल्का नै मच्चाइरहेको छ । सबैले उक्त नम्बर सन्नीको नै भनेर भकाभक फोन गरिरहेका छन् । फोन उठाउँदा उठाउँदा ती व्यक्ति वाक्क भैसकेका छन् । पुनीतलाई दिनमा १०० भन्दा बढी कल आउने गरेको छ । उनले म सन्नी होइन भन्दा भन्दा थाकिसके । अहिले पुनीतले सन्नी र चलचित्रका निर्मालाका विरुद्ध उजुरी समेत दिएका छन् । तर उनलाई फोन आउन भने छोडेको छैन ।

प्रतिक्रिया दिनुहोस्