पारदर्शी पहिरनमा देखिदा फेरी ट्रोलको शिकार बनिन् प्रियंका चोपडा



१४ साउन २०७६, काठमाडौँ

बलिउड अभिनेत्री प्रियंका चोपडा आजकाल कुनै न कुनै कारणसहित चर्चामा छाइरहेकी छिन् । पछिल्लो समय चुरोट तानिरहेको तस्बिरका कारण उनी निकै ट्रोल भएकी थिइन् ।

हालै प्रियंका श्रीमान् निक जोनाससँग स्विम सुटसँग गुलाबी पञ्जाका कारण निकै ट्रोल भएकी हुन् । यसै बिच प्रियंकाको नयाँ चर्चा थपिएको छ ।

एउटा पारदर्शी पहिरनका कारण प्रियंका चोपडा पुनः चर्चामा छाएकी छिन् । यही पहिरनका कारण सोसल मिडियामा उनी निकै ट्रोल भइरहेकी छिन् ।

प्रियंकाको इन्स्टाग्राम फ्यान पेजमा सेयर गरिएको यी तस्बिरमाथि मानिसहरुले निकै भद्दा कमेन्ट गरेका छन् । उनले त्यतिबेला कालो रङको पारदर्शी पहिरन लगाएकी थिइन् । उनको यो पहिरनका कारण उनी सोसल मिडियामा नराम्रोसँग ट्रोल भइन् ।

प्रतिक्रिया दिनुहोस्