प्रियंकाका कारण सुटिङ सेटमै श्रीमती ट्वीङकलको नराम्रो थप्पड खाएका थिए अक्षयले



१४ साउन २०७६, काठमाडौँ

अक्षय कुमार आफ्नो अभिनयका कारण सदा चर्चामा रहने नायक हुन् । उनले बलिउडमा थुप्रै बल्कबस्टर चलचित्रमा काम गरिसकेका छन् । तर अक्षय अभिनयका कारण मात्र नभएर विभिन्न नायिकासँगको प्रेम सम्बन्धका कारण पनि चर्चामा रहिरहे ।

अक्षय कुमारको नाम धेरै नायिकासँग जोडिएर आउने गर्थ्यो । रविना टन्डन, शिल्पा सेठ्ठी उनका पुराना गर्लफ्रेण्डहरु भएको बताइन्छ । तर पछि उनले ट्वीङकल खन्नासँग विवाह गरे । ट्वीङकलसँग विवाह गरेपछि पनि उनको विभिन्न अभिनेत्रीहरुसँग नाम जोडिन भने छोडेन ।

प्रियंका चोपडा र अक्षयले चलचित्र अन्दाज मा पहिलो पटक एकसाथ काम गरेका थिए । त्यसबेला देखि नै एकअर्कासँग नजिकिएका अक्षय र प्रियंका लामो समयसम्म प्रेममा रहे । पछि उनीहरुका बारेमा निकै गसिप आउन थालेपछि ट्वीङकललाई निकै रिस उठ्यो र उनी अक्षयको सुटिङ सेटमा नै पुगिन् ।

चलचित्र मुझसे सादी करोगी को सुटिङको समयमा ट्वीङकल सुटिङमै पुगेकी थिइन् । अक्षय र ट्वीङकलबीच प्रियंकालाई लिएर निकै ठूलो झगडा भएको थियो । त्यतिमात्र नभएर उनले सबैको अगाडी अक्षयलाई थप्पड हानेकी थिइन् । त्यसपछि अक्षयले प्रियंकासँग कहिल्यै चलचित्रमा काम नगर्ने कसम समेत खाएका थिए ।

प्रतिक्रिया दिनुहोस्