उदित नारायण झा लाई बारम्बार आइरहेको छ ज्यान मार्ने धम्की, कसले दिदैँछ त धम्की ?



१४ साउन २०७६, काठमाडौँ

उदित नारायण झा चर्चित बलिउड तथा नेपाली सिंगर हुन् । उनले थुप्रै नेपाली गीतहरु गाइसकेका छन् । तर त्यो भन्दा बढी उनले बलिउड गीतहरु गाएका छन् । उदित लामो समयदेखि भारतमा बस्दै आएका छन् । उनै चर्चित गायक उदित १ महिनादेखि निकै तनावमा छन् ।

उदितलाई बारम्बार ज्यान मार्ने धम्की आइरहेको छ । धम्की दिने व्यक्तिले अहिलेसम्म पैसाको भने माग गरेका छैनन् ।

यसबारे उजुरी दर्ता हुने बित्तिकै धम्की दिने व्यक्तिको खोजी भइरहेको छ । नम्बरको लोकेशन बिहार बताइँदै छ । पुलिसका अनुसार उदितलाई चोरी गरिएको मोबाइलबाट धम्की दिइँदैछ । हिन्दुस्तान टाइम्सको एक रिपोर्ट अनुसार अब पुलिसको एउटा टिम बाहिर निस्किएर यो मामलाबारे अनुसन्धान गर्ने तयारीमा छ ।

उदित नारायण मुम्बईको अँधेरी वेस्टमा बस्छन् । दुई हप्ताअघि उदित नारायणले अंबोली पुलिस स्टेशनमा यसबारे उजुरी दर्ता गरेका थिए ।

अम्बोली पुलिस स्टेशनका सिनियर इन्सपेक्टरले आफूले उदित नारायणको बयान दर्ता गरिसकेको बताए । उनले भने, ‘उदित नारायणले उनलाई कोही व्यक्तिले फोन गरेर धम्की र गाली गरिरहेको बताए । हामी उदित नारायणको घर वरिपरि पहरा दिइरहेका छौं । पुलिसले साधारण पोशाकमा उदितको घर वरिपरि आउने मानिसहरुमाथि निगरानी राखिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्