स्विमिङ सुटमा पञ्जा लगाँउदा ट्रोलको शिकार बनिन् प्रियंका चोपडा



१३ साउन २०७६, काठमाडौँ

बलिउड अभिनेत्री प्रियंका चोपडा फेसन र लुक्सको कारण चर्चामा छाइरहने बलिउड सेलिब्रेटीमध्य एक हुन् । बलिउड नायिका प्रियंका चोपडा जोनसले हालै श्रीमान् निक जोनाससँग केही तस्बिर इन्स्टाग्राममा सेयर  गरेकी छिन् ।

यी फोटोमा उनी श्रीमान् निकसँग निकै रोमान्टिक अन्दाजमा देखिएकी छिन् तर यी तस्बिरमा उनले गुलाबी स्विम सुटसँग गुलाबी पञ्जा लगाइरहेको देख्न सकिन्छ । यो गुलाबी पञ्जाका कारण प्रियंका निकै ट्रोल भइरहेकी छिन् । सोसल मिडियामा उनका प्रशंसकको नजर उनको गुलाबी पञ्जामा टिकेको छ ।

एक प्रयोगकर्ताले कमेन्टमा प्रश्न गरेका छन्,‘कोही मलाई सम्झाउन सक्छ कि स्विमिङ सुटमा पञ्जा लगाउनु कहाँको फेसन हो ?

प्रतिक्रिया दिनुहोस्