मातृभाषा कविता बाचन कार्यक्रम हुँदै



१० साउन २०७६, काठमाडौं

जिमी (राई) उत्थान समाज सोलुको आयोजनामा मातृभाषा कविता बाचन कार्यक्रम हुने भएको छ ।

शनिबार (भोलि) काठमाडौं शुकेधारास्थित दुर्गा पार्टी प्यालेसमा हुने कार्यक्रममा कविता बाचनसँगैं ‘मेरो संस्कृति’ नामक चित्रकला कार्यशाला पनि हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा किराँती मातृभाषाहरु बाहिङ, खालिङ, थुलुङ, कुलुङ र नाछिरिङ भाषामा लेखिएको कविताहरु स्यवं सर्जकद्वारा बाचन हुने बताइएको छ । बाचित कविताहरु समाजको वार्षिक मुखपत्र ‘प्रवाह’मा प्रकाशित हुने आयोजकले जनाएको छ ।

कार्यक्रमलाई सहआयोजकको भूमिकामा रहि किराँत खालिङ राई उत्थान संघ, बाहिङ किराँत मुलुखिम, नेपाल किराँत कुलुङ भाषा तथा संस्कृति उत्थान संघ, अर्जुन खालिङ फाउण्डेशन र थुलुङ राई संस्कृति प्रतिष्ठानले साथ दिने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा सहभागी सर्जक तथा चित्रकारलाई प्रमाणपत्रसहित सम्मान गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्