चर्चामा आएपछि बढ्यो ‘गलबन्दी’ की अञ्जलीको घमण्ड, आफ्नै साथीभाईसँग बिग्रदै छ सम्बन्ध !



१० साउन २०७६, काठमाडौँ

अञ्जली अधिकारी अहिलेकी सर्वाधिक व्यस्त र चर्चित मोडल हुन् । अहिले अञ्जलीको डिमाण्ड निकै हाई छ । अञ्जलीलाई बोल माया गीतले चर्चामा ल्याएको थियो । गलबन्दी ले उनको चर्चा थप चुलिएको थियो । तर चर्चासँगै आजभोली अञ्जलीबारे आलोचना पनि हुन थालेको छ ।

केही संगीतकर्मी र कलाकारले चर्चित बनेसँगै अञ्जलीमा निकै घमण्ड बढ्न थालेको बताएका छन् । उनका आफ्नै साथीहरुसँग पनि सम्बन्ध बिग्रदै गएको खबर पनि बाहिरिएको छ । आजभोली अञ्जलीले भाउ खोज्न थालेको कुरा बाहिर आइरहेको छ । एउटा राम्रो कलाकारको बारेमा यस्तो खबर बाहिर आउनु राम्रो होइन । यसले कलाकारको स्टारडममा नराम्रो असर गर्छ । त्यसैले अञ्जलीले पनि सबैसँग राम्रो व्यवहार गर्ने हो की ?

प्रतिक्रिया दिनुहोस्