‘अहिले छविसँग मेरो कुनै सम्बन्ध नभएकाले शिल्पा र छविको विषयमा मलाई जोड्नु आवश्यक छैन’ : रेखा थापा



०८ साउन २०७६, काठमाडौँ

केहीसमय अघि घरेलु हिंसाको आरोपमा शिल्पाले छविविरुद्ध मुद्दा हालेकी थिइन् । अहिले जताततै छवि र शिल्पाकै मात्र कुरा भैरहेको छ । छवि र शिल्पाको केसले चर्चा पाइरहँदा केहीदिन अघिमात्र छविकी जेठी श्रीमती हेमा ओझाले छवि विरुद्ध बहुविवाहको उजुरी हालेपछि यो केस झनै उत्कर्षमा पुगेको छ ।

छविले नै हेमालाई आफ्नो सम्पत्ति बचाउनको लागि ल्याएको कुरा बाहिर आइरहँदा अहिले छवि सम्पर्क बिहिन भएका छन् । केहीदिन देखि उनको फोन स्वीच अफ आएको जानकारी प्राप्त भएको छ । यस्तै यस विषयमा रेखाले पनि केही बोलेकी छिन् ।

शिल्पाले अन्तवार्तामा रेखाले पहिले नै छविको विषयमा मुख खोलेको भए आज आफूले यो दिन देख्न नपर्ने बताइरहँदा रेखाले भने आफूलाई यो केसमा ल्याउन आवश्यक नरहेको बताएकी छिन् । रेखाले आफ्नो र छविको सम्बन्ध ८ बर्ष अघि नै सकिएकाले अब उनीहरुको विषयमा आफूले केही बोल्न जरुरी नै नभएको स्पष्ट पारेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्