राजेन्द्र खड्गीले खोले छविको यस्तो डर लाग्दो रहस्य भन्छन् : ‘छविले रेखाको खुट्टा ढोग्नुपर्छ’



०६ साउन २०७६, काठमाडौँ

लामो समयदेखि भैरहेको छवि र शिल्पाको सम्बन्ध विच्छेदको केसले नयाँ मोड लिएको छ । निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच डिभोर्सको चर्चा चलिरहेको समयमा यी दुबै विरुद्ध बहुविवाहको उजुरी परेको छ ।

छवि त्यसै त शिल्पाले डिभोर्स दिने कुराले तनावमा थिए । त्यसमाथि उनकी जेठी श्रीमती हेमा ओझाले छवि विरुद्ध बहुविवाहको उजुरी दिएकी छिन् । हेमाले शिल्पा र छविलाई विपक्षी बनाएको बहुविवाहको जाहेरी महानगरीय प्रहरी वृत्त गौशालामा बुझाएकी छन् । अब प्रहरीले हेमाको उजुरीको अनुसार नै यस विषयमा छलफल गर्ने बताएको छ । छवि र शिल्पा अहिले मौन छन् ।

यो समाचार अहिले सामाजिक संजालमा भाइरल भएका बेला यसै  बिषयलाई लिएर राजेन्द्र खड्गीले छवी र रेखाको बारेमा अहिले सम्म बाहिर नआएका डर लाग्दो रहस्य खोलेका छन् ।

उनले एक युटुवमा अन्तर्वार्ता दिदै भनेका छन्, ‘छविले रेखाले बच्चा जन्माउछु भन्दा १० लाख जम्मा गर अनि मात्र बच्चा जन्माउन रेडी छु’ भन्दै रेखालाई जवाफ दिएको कुरा खुलासा गरेका छन् । राजेन्द्र रेखाको पक्ष लिदै ‘छविले रेखाको खुट्टा ढोग्नु पर्छ’ भन्छन्, छवीसंग बिहे गर्नु भनेको सेनामा छेत्रमा स्थापित हुन नै युवतीहरु मरिहत्ते गरेको कुरा पनि उनले प्रस्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्