सोलुखुम्बुमा भाईको कुटाइबाट दाईको मृत्यु



०५ साउन २०७६, काठमाडौँ

सोलुखुम्बुको थुलुङदुधकोशी गाँउपालिका-९  लोखिममा दाजुभाईबीच झगडा हुदाँ २७ वर्षका भाई किरण राईको कुटाइबाट ४४  वर्षका दाजु जयप्रकाश  राईको शनिबार राति ज्यान गएको हो ।

उनिहरु आमासँगै बस्दै आएका थिए । यसै बिच दाजुभाईको झगडा भएको थियो तर झगडा के कारणले भएको हो भन्ने कुरा अझै पत्ता लाग्न सकेको छैन । भाई किरणलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्