छविलाई लाग्यो अर्को ठूलो झट्का, जेठी श्रीमती हेमाले पनि दिइन् बहुविवाहको उजुरी



०५ साउन २०७६, काठमाडौँ

लामो समयदेखि भैरहेको छवि र शिल्पाको सम्बन्ध विच्छेदको केसले नयाँ मोड लिएको छ । छवि त्यसै त शिल्पाले डिभोर्स दिने कुराले तनावमा थिए । त्यसमाथि उनकी जेठी श्रीमती हेमा ओझाले छवि विरुद्ध बहुविवाहको उजुरी दिएकी छिन् । जसमा छवि मात्र नभएर शिल्पाको पनि नाम जोडिएको छ ।

छविकी जेठी श्रीमती हेमाले गौशला प्रहरी चौकीमा गएर छवि विरुद्ध उजुरी दिएकी छिन् । उजुरी पत्रमा लेखिएको छ –

‘शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरा श्रीमान् छविराज ओझाको सम्बन्ध रहेको भन्ने हल्लाहरु आइरहँदा पनि मैले श्रीमान् छवि ओझासँग सोध्दा के छ प्रमाण भन्ने प्रतिपश्न पाएको थिए । मैले पनि प्रमाण कतै भेटिनँ, बिहे दर्ता कहीँ कतै भएको रहेनछ ।

तर, पछिल्लो समयमा मिडियामा पनि धेरै चर्चा भएपछि उहाँ नजिकका सबै व्यक्तिहरुसँग सहयोग मागी साउन ५ गते उहाँकै कार्यलयबाट पछिल्लो समयमा मलाई सहयोग गर्ने उहाँकै कर्मचारी मार्फत निज शिल्पा र मेरा श्रीमान्ले विवाह गरि दर्ता नै गरेको विवाह दर्ताको कागजातको फोटोकपी फेला पारी सोही आधारमा मसँग सम्बन्ध कायम रहँदा रहँदै बहुबिबाह गरेकोले निज मेरा पति छविराज ओझा र शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजीम यथासक्य चाडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाई अनुसन्धान समेत गरि निजहरुलाई कानुन बमोजिम हदैसम्म सजाउ गरिपाउँ ।’

अब प्रहरीले हेमाको उजुरीको अनुसार नै यस विषयमा छलफल गर्ने बताएको छ । छवि र शिल्पा अहिले मौन छन् । यस विषयम छवि र शिल्पा दुवै विपक्षी भएकाले जवाफ दिन जरुरी छ । अब भने छविलाई कानुनी कारवाही हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्