लागुऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान, एक युवक प्रकाउ



०५ साउन २०७६, काठमाडौँ

मकवानपुर प्रहरीले मनहरीबाट पेस्तोल र ३१ किलो गाँजासहित ४३ वर्षीय कुमार भनिने राजु स्याङतानलाई पक्राउ गरेको छ ।

पक्राउ गर्ने क्रममा प्रहरी र लागूऔषध कारोबारीबीच दोहोरो गोली हानाहान भएको थियो । शनिबार राति साढे १२ बजे पर्सा राष्ट्रिय निकञ्ज निस्कने खोलाको बाटो हुँदै वीरगन्जतर्फ लागूऔषध ओसारपसार भइरहेको सूचना पाएर पुगेको प्रहरीले हतियार, गाँजा र कारोबारमा संलग्न स्याङतानलाई पक्राउ गरेको हो ।

मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले पक्राउ परेका स्याङतानको साथबाट ३१ किलो ४ सय ग्राम गाँजा, एक थान कटुवा पेस्तोल, ५ राउण्ड गोली र एक थान खोका बरामद भएको बताएका छन् ।

स्याङतानलाई लागूऔषध नियन्त्रण ऐन, हातहतियार खरखजाना र  ज्यान मार्ने नियतले गोली फायर गरेको कसुरमा कारबाही अघि बढाइने सिंहले बताए । पक्राउ परेका स्याङतानले यसअघि पनि काठमाडौंको किर्तिपुरबाट एक क्विन्टल गाँजासहित पक्राउ परेर सजाय पाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्