पूर्व ‘मिस नेपाल’ श्रृङ्खला खतिवडा सिसनको प्रेममा ?



०५ साउन २०७६, काठमाडौँ

पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा यतिबेला टर्की भ्रमणमा छिन् । उनीसँगै उनलाई मिस नेपाल को समयमा विभिन्न भिडियो बनाएर साथ दिने उनका मित्र सिसन बानियाँ पनि छन् । केहीदिन अघि सिसजले सामाजिक सञ्जालमा सेयर गरेको तस्बिरले यतिबेला निकै चर्चा पाइरहेको छ ।

तस्बिरमा श्रृङ्खलालाई सिसनको काधँमा देख्न सकिन्छ । श्रृङ्खलाले सिजनको काधँमा आफ्नो टाउको राखेर पोज दिएकी छिन् । अहिले त्यहि तस्बिरका कारण श्रृङ्खला र सिसन प्रेममा रहेको चर्चा चल्न थालेको छ ।

दुईजना सँगै भ्रमणमा जानु, नेपालमा हुँदा पनि श्रृङ्खला धेरै ठाउँमा सिजनसँगै पुग्ने गरकाले उनको र सिसनको नाम जोडिएर आउन थालेको छ । श्रृङ्खलाले आफ्नो मिस नेपाल देखि मिस वल्र्ड सम्मको यात्रामा आफूलाई निरन्तर साथ दिने व्यक्तिको नाममा सिसनको नाम कहिले छुटाउने गरेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्