खोटाङमा भीरबाट लडेर एकजनाको मृत्यु



०३ साउन २०७६, काठमाडौं

हलेसी तुवाचुङ नगरपालिकाकै सबै भन्दा विकट तथा अग्लो मानिने तारेभीरबाट खसेर एकजनाको मृत्यु भएको छ ।

बिहीबार हिँड्ने क्रममा हलेसी निवासी चमार विश्‍वकर्माको लडेर मृत्यु भएको हलेसीबाट पत्रकार श्याम कुमार चाम्लिङले जानकारी दिए ।

मृतक विश्वकर्मा बाहिर डुलेर घर फर्किने क्रममा लडेका बताइएको छ ।

उक्त बाटोले वर्षेनी कोही न कोहीको ज्यान लिने गरेको पत्रकार चाम्लिङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्