सलमानकी भूतपूर्व बुहारी मलाइका भन्छिन् : ‘महिलाले ४० बर्ष कटेपछि मात्र सफलता पाउँछन्’



०३ साउन २०७६, काठमाडौँ

मलाइका अरोरा विभिन्न कारणले मिडियामा छाइरहेकी हुन्छिन् । कहिले अर्जुन कपुरसँगको सम्बन्धका कारण, कहिले ड्रेसअपका कारण त कहिले उनले गरेका कुराका कारण उनको चर्चा सामाजिक सञ्जालमा भैरहेको हुन्छ ।

यतिबेला पनि सामाजिक सञ्जालमा उनी सर्वाधिक चर्चाम छिन् । कारण उनले केहीदिन अघिमात्र एक भारतीय मिडियामा महिलाले ४० बर्ष कटेसी मात्र सफलता पाउने बताएकी छिन् । उनको कुरा सुन्दा सबैलाई अचम्म लागेको छ । किनकी उनको अनुसार त ४० बर्ष भन्दा कम उमेरका महिलाले सफलता नै पाएका छैनन् ।

उनले ‘४० बर्षको उमेर भनेको यस्तो उमेर हो जहाँ पुगेपछि महिलाले आफ्नो फैसला आफैँ लिन सक्छन्’ भनेकी छिन् । उनको कुरालाई कत्तिले सही बताएका छन् भने कत्तिले नचाहिने भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्