गोही जस्तै देखिने विशाल छेपारो घरको ढोकामा चढेपछि भयो हङ्गामा !



०३ साउन २०७६, काठमाडौँ

मलेशियामा एउटा यस्तो छेपारोको तस्बिर भाइरल भइरहेको छ जुन हेर्दा गोहीजस्तो देखिन्छ । यो छेपारोलाई एक व्यक्तिले देखेपछि फोटो खिचेर सोसल मिडियामा पोष्ट गरे । त्यतिबेलादेखि यो छेपारो सोसल मिडियाका प्रयोगकर्ताबीच कौतुहलको विषय बनेको छ ।

त्यो छेपारो घरभित्र छिर्ने कोसिस गरिरहेको थियो । ती व्यक्तिले तुरुन्त उक्त छेपारोको फोटो खिचेर सोसल मिडियामा पोष्ट गरे जहाँ थुप्रै मानिसले उक्त छेपारोलाई विभिन्न नाम दिइरहेका छन् ।


यो भिमकाय छेपारोलाई ‘मोनिटर लिजार्ड’ ९ःयलष्तयच ीष्शबचम० भनिँदै छ । यस्तै कतिले छेपारोको विशेषता र आकारका कारण ‘गोडजिला’ ९न्यमशष्ििब० पनि भनिरहेका छन् ।


जुन व्यक्तिले तस्बिर पोष्ट गरेका छन् उनको नाम लंग चेंर्ग यी हो । उनले सेल्फी पनि पोष्ट गरेका छन् । त्यति ठूलो छेपारोलाई आफ्नो घरको ढोकामा झुण्डिरहेको देखेर उनी चकित भए । उनले छेपारोका विभिन्न तस्बिर पोष्ट गरेका छन् । उनको पोष्टलाई अहिलेसम्म तीन हजार ६ सय बढी सेयर भइसकेका छन् ।


केही बेरपछि त्यहाँ सुरक्षाकर्मी पनि पुगेका छन् । यद्यपि, अहिलेसम्म उक्त छेपारो त्यहाँसम्म कसरी पुग्यो भन्ने केही पत्ता लाग्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्