मुख्यमन्त्रीदेखि राज्यमन्त्रीको एक महिनाको तलव बाढीपिडितलाई



०२ साउन २०७६,काठमाडौं

असार २६ देखि आएको अविरल बर्षाका कारण पहिरो र डुवानमा परी प्रदेश नं. २ का जिल्लाहरु प्रभावित भएका छन् । अहिले देशभर बाढी पहिरोका कारण ज्यान गुमाउनेको सख्या ७० पुगेको छ । उनीहरुले खाना र बासको उचित व्यवस्थापन नभएको गुनासो गर्दै आएका छन् । बाढीबाट भएको करोडौं क्षती र बाढी प्रभावित क्षेत्र अनुगमन गर्न १० मन्त्रीहरु सुट बुट लगाएर अहिले तराई गएका छन् ।

मन्त्री र सांसदहरुको टोली बाढी पहिरोले क्षती पुर्याएकोमा राहत तथा उद्धारमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री राम बहादुर थापा (बादल) भौतिक पूर्वधार तथा यातायात मन्त्री रघुबीर महाशेठ, उर्जा तथा जलस्रोत मन्त्री बर्षमान पुन लगायतका टोली तराई गएका छन् । टोलीमा कृषिराज्यमन्त्री राम कुमारी चौधरी, सांसद विकास कोष समिती सभापति कल्याणी खड्का, सांसद प्रभु शाह पनि टोलीमा समावेश छन् ।

अविरल बर्षा र बाढी प्रभावित परिवारका लागि प्रदेश नं. २ का मुख्यमन्त्री देखि राज्यमन्त्रीले १ महिनाको तलव बाढीपिडितलाई दिने निर्णय गरेका छन् । मन्त्री परिषद्ले साउन १ देखि प्रदेशका सबै राज्यमन्त्री र प्रदेश सभा सदस्यलाई आ–आफ्नो क्षेत्रमा गएर राहत वितरण कार्यमा लाग्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्