नेपालले बिहार डुबायो भन्दै झुट फैलाउँदै छ भारत : नेपालमा भने ओलीको ब्यापक प्रशंसा



०१ साउन २०७६, काठमाडौं

पछिल्लो समयमा कोशी बाधँको समचारले धेरै तहल्का मचाईरहेको छ तर बाँधको कारण नेपाल डुबाउन भारतले बनाएको ठूलो संरचना हो । अहिले कोशी बाँधको ढोकाको चाबी नेपालले लिएको छ र नेपालले बाँधको ढोका नखोलेर बिहारमा बाढी गएको छ, त्यसले ठूलो क्षती भएको छ । त्यसको दोष हो नेपाल भनेर भारतीय मिडियाहरुले झुटो समाचारहरु प्रसारण गरिरहेको छ ।

के साँच्चै ! भारतीय मिडियाले भने जस्तै सम्झौतामा नेपालले त्यसरी बाधँको ढोका खोल्ने या नखोल्ने निणर्य गर्न पाउँछ त ? किन भारतीय मिडियाहरुले लगातार झुटो समाचार दिरहेको छ । बिशेष त बिहारका सञ्चार माध्यमहरुले एकदमै झुटो समचार फैलाईरहेका छन् । त्यही झुटो समचार हेरेर नेपालको सञ्चार माध्यम पनि पछि लागेको छ । त्यही भएर नेपालमा अहिले प्रधानमन्त्री केपी ओलीको व्यापक रुपमा प्रशंसा भईरहेको छ ।

भारतीय मिडियाले के कुरा सावित गरेको छ भने, नेपालले बाँधको ढोका यसरी खोल्ने कुनै अधिकार छैन । नेपालले बाँधको ढोका नखोलेकोले पूरै बिहार डुवानमा परेको छ भनेर झुटा समचार प्रसारण भईरहेको छ ।

ए.एन्ड.आईको रिपार्ट अनुसार, अहिले ५६ वटै बाँधको ढोका खोलिएको छ । त्यसैले अहिले बिहारमा बाढी गएको छ । त्यो बाँढी जानुको कारण चाही नेपाल हो भनेर भारतीय मिडियाहरुले फैलाईरहेको छ ।

बास्तविकता भारतीय मिडिया वा नेपाली मिडियाले प्रसारण गरेको समाचार जस्तो नभएर हिलो र बालुवा धेरै जमेको कारणले हटाउनका लागि १ घण्टाको लागि मात्र बाँध खोलिएको कोशी बाँधको मुख्य आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्