‘बिहे गर्नको लागि केटा नै पाएकी छैन’ भन्दै कट्रिनाले गरिन् गुनासो



०१ साउन २०७६, काठमाडौँ

नायिका कट्रिना कैफले आफूले विवाह गर्नको लागि केटा नै नपाएको गुनासो गरेकी छिन् । ३६ बर्ष पुगिसकेकी कट्रिना अहिलेसम्म अविवाहित भएकाले उनलाई विवाहको बारेमा प्रश्न आउनु सामान्य हो ।

कट्रिना आफूलाई विवाह गर्न मन लागेको तर आफ्नो जोडी नै नभेटेको बताएकी छिन् । उनले आफूलाई माया गर्ने केटा पाएमा बलिउड नै छोड्न पनि तयार भएको बताएकी छिन् । उनले आफुलाई माया गर्ने मान्छे पाएमा सम्पूर्ण समय उसैका लागि खर्चिने बताएकी हुन् ।

कट्रिनालाई धेरै फ्यानले सलमान खानसँग बिहे गर्ने सल्लाह दिने गर्छन् । दर्शकमाझ सलमान र कट्रिनाको जोडी निकै प्रिय भएकाले दर्शकले यस्तो माग गरेका हुन् । तर सलमान र कट्रिना मिल्ने साथी मात्र हुन् ।

प्रतिक्रिया दिनुहोस्