आज बलिउड अभिनेत्री कट्रिना कैफको जन्मदिन, जन्मदिनमा खुलाइन् सलमानसँगको सम्बन्ध



३१ असार २०७६, काठमाडौँ

आज बलिउडकी चर्चित अभिनेत्री कट्रिना कैफको जन्मदिन रहेको छ । कट्रिनाको जन्म भारतमा भएको होइन । उनी लण्डनमा जन्मिएर उतै हुर्किएकी हुन् । तर उनले आफ्नो पहिचान भने बलिउडकी चर्चित नायिकाको रुपमा बनाउन सफल भइन् ।

अहिले बलिउडमा उनको डिमाण्ड निकै नै छ । कट्रिनाले थुप्रै सुपरहिट चलचित्रमा काम गरिसकेकी छिन् । विशेष उनी सलमान खानसँगको प्रेममा कारण पनि चर्चामा रहिन् । उनले आफ्नो डेब्यु चलचित्र नै सलमानसँग गरेकी थिइन् । त्यसै समय देखि नै उनी सलमानसँग प्रेममा थिइन् । सलमान र कट्रिना करिब ६ बर्ष प्रेममा रहे । त्यसपछि दुवैले अलग बाटो रोेजेका हुन् ।

ब्रेकअप भएपनि यी दुईको सम्बन्ध भने अत्यन्तै सुमधुर छ । यी दुई एकपछि अर्को चलचित्रमा काम पनि गरिरहेका छन् । आज उनको जन्मदिनमा सलमान उनलाई शुभकामना समेत दिएका छन् । कट्रिना आजबाट ३६ बर्षमा लागेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्