अन्ततः शिल्पाले दिइन् छविलाई डिभोर्स, छविले दिएको पिडा सम्झेर भक्कानिएर रोइन् शिल्पा



३१ असार २०७६, काठमाडौँ

नायिका शिल्पा पोखरेलले अन्ततः छवि ओझालाई डिभोर्स दिएकी छिन् । उनले विगत ३ बर्षदेखि छविले दिएको यातना सहदैँ आएकी थिइन् । छविले जति नै दुख दिएपनि शिल्पालाई कतै न कतै छवि सुध्रिन्छन् भन्ने लागेको थियो । तर आफ्नो ज्यान नै धरापमा परेपछि उनी प्रहरीको सरणमा पुग्नु पर्यो ।

शिल्पा अहिले बोल्ने अवस्थामा छैनन् । रुदाँ रुदाँ उनको आँशु नै रित्तिसकेका छन् । यता छवि शिल्पाले आफूमाथि झुटो आरोप लगाएको बताउँदै आएका छन् । यो कुराले शिल्पाको आत्मबल झनै घटेको छ । शिल्पाले सहनै नसक्ने भएपछि मात्र छवि विरुद्ध आफूले मुद्दा हालेको खुलाएकी छिन् ।

छविले शिल्पालाई हात मात्र उठाउँदैनथे उनलाई सहनै नसक्ने बचन पनि लगाउँथे । शिल्पालाई अहिले धेरैले गाली गरिरहेका छन् । उनले आफ्नो बाउ समानको व्यक्तिसँग बिहे गरेर अहिले नाटक गरेको धेरैले बताएका छन् ।

अझ कतिले त छविको सम्पत्तिको लोभले आएकी समेत भनेका छन् । तर सबैलाई जानकारी रहोस् कि शिल्पाका बाबु निकै धनी उद्योगपति हुन् । शिल्पाको परिवारसँग प्रशस्त सम्पत्ति छ ।

उनी छविको मायाले उनीसँग आएकी थिइन् । तर अहिले उनलाई छविसँग बिहे गर्नु जीवनको सबैभन्दा ठूलो भुल भएको महशुस भएको छ । तर शिल्पाले अब आफू छविसँग कुनै हालतमा पनि बस्न नसक्ने बताएकी छिन् ।

उनले छविलाई आफूले धेरैपटक मौका दिएको तरपनि उसको मन नपग्लिएपछि आफूले डिभोर्स पेपरमा साइन गरिसकेको बताएकी छिन् । शिल्पालाई छविले पटक पटक ज्यान मार्ने धम्की दिदैँ आएको पनि शिल्पाले खुलाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्