श्रीदेवीको निधन भएको डेढ बर्षपछि खुल्यो डरलाग्दो रहस्य, श्रीदेवीको निधन नभई हत्या भएको थियो



३१ असार २०७६, काठमाडौँ

बलिउड अभिनेत्री श्रीदेवीको करिब डेढ बर्ष अगाडी निधन भएको थियो । त्यससमय श्रीदेवीको बाथरुमको बाथटपमा डुबेर निधन भएको बताइएको थियो । तर अहिले श्रीदेवीको बाथटपमा डुबेर निधन नभई उनको हत्या भएको खुलासा भएको छ ।

श्रीदेवीको निधनबारे केरलाका प्रहरी महानिर्देशक डीजीपी ऋषिराज सिंहले श्रीदेवीको निधन बाथ ट्युबमा डुबेर नभएको बताएपछि यतिबेला भारतमा हंगामा मच्चिएको छ।

सिंहले श्रीदेवीको हत्या भएको बताएका हुन्। सिंहले केरलाको एक पत्रिकामा लेखेका छन्,‘श्रीदेवीको मृत्यु बाथट्युबमा डुबेर भएको थिएन, उनको हत्या भएको थियो।’ सिंहले आफूले श्रीदेवीको निधनको अनुसन्धानमा खटेका व्यक्ति र मेडिकल टिमसँग गरेको कुराकानीको आधारमा यस्तो दाबी गरेको बताएका छन्। यस मामलामा डाक्टर उमादथनले पनि आफ्नो विचार राखेका थिए। उनले भनेका थिए,‘मानिस जति मात्तिए पनि एक फिट पानीमा डुब्दैन। उ त्यतिबेला डुब्छ जतिबेला उसको दुवै खुट्टा कसैले पक्रिन्छ या उसको शिर टाउकोमा डुबाइदिन्छ।’

प्रतिक्रिया दिनुहोस्