अन्ततः छविले स्वीकारे आफ्नो गल्ती, भन्छन् : ‘अब शिल्पाकै काखमा मर्छु’



३१ असार २०७६, काठमाडौँ

केहीदिन देखि छवि र शिल्पाको कुराले सिनेवृत तात्तिरहेको छ । कसैले छविको गल्ती देखाएका छन् त कसैले शिल्पालाई दोष लगाएका छन् । यसबिच छवि र शिल्पाको कुरा पनि अलग नै छ । शिल्पा छविले आफूलाई ३ बर्षदेखि अन्याय गर्दै आएको बताउँछिन् भने छवि यो कुरालाई स्वीकार्न तयार छैनन् ।

अन्ततः छवि ओझाले शिल्पा र आफ्नो सम्बन्धबारे केही बोलेका छन् । छवि सबै गल्ती आफ्नै भन्ने पक्षमा भने छैनन् । उनले केही गल्ती शिल्पाबाट पनि भएको र धेरै गल्ती सायद आफूबाट नै भएको बताएका छन् ।

उनले प्रहरी सामू शिल्पासँग माफी पनि मागिसकेका छन् । छविले शिल्पा नै आफ्नो अन्तिम बिहे भएको बताएका छन् । छविले अब आफू कसैसँग बिहे नगर्ने बताए । उनले यदि शिल्पाले मानिन् भने उनीसँग आफ्नो पुरा जीवन बिताउने र उनको काखमा नै मर्ने बताएका छन् ।

शिल्पाले नमानेको खण्डमा छविले आफू जीवनभर एक्लो रहने खुलाए । तर शिल्पा अब छविसँग बस्न तयार छैनन् । उनले छविको डरले गर्दा उसँग बस्न नसक्ने बताएकी छिन् । छवि भने शिल्पालाई एकपटक फकाउने सुरुमा छन् ।

प्रतिक्रिया दिनुहोस्