विश्वकप क्रिकेटमा बाजी राख्ने दुई युवक प्रहरीको फन्दामा



३० अषाढ २०७६, काठमाडौं

विश्वकप क्रिकेटमा सट्टेबाजी गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट दुई जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका–७ का ३१ बर्षका आशिषकुमार वर्णवाल र वडा नं १९ का २१ वर्षका निरज तिवारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विश्वकप क्रिकेटमा सट्टाबाजी खेलाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्ज महानगरपलिका ६, माईस्थानबाट आइतबार अपरान्ह नियन्त्रणमा लिइएका उनीहरुलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्