भ्यागुताको विहेका कारण वर्षा बढी भएको भन्दै सम्बन्ध विच्छेद



३० अषाढ २०७६, काठमाडौं

पानी नपरेको कारण भ्यागुताको विहे गराईदिएका मोरङवासीहरुले भ्यागुताको सम्बन्ध विच्छेद गराइदिएका छन् ।

पानी बढी भएको भन्दै उनीहरुले गत २१ अषाढमा विवाह गराइदिएका भ्यागुताहरुको आइतबार सम्बन्ध विच्छेद गराइदिएका हुन् ।

बुढीनन्दा गाँउपालिका–२ का प्रकाश बानियाँले लिखित रुपमै भ्यागुताको सम्बन्ध विच्छेद गराएका हुन् । यस्तो गर्दा वर्षात र डुबानको समस्या कम हुने विश्वास गरिएको छ ।

लामो समयसम्म खडेरी परेपछि स्थानीयले धार्मिक विधि अनुसार दुई भ्यागुताबीच विवाह गराइदिएका थिए ।

भ्यागुत्ताको सम्बन्ध विच्छेद गराइएको कागज अहिले सामाजिक सञ्जालमा समेत ‘भाइरल’ बनेको छ ।

प्रतिक्रिया दिनुहोस्