छवी र शिल्पाको घर झगडाको वास्तविक रहस्य खुल्यो ‘यस्तो रहेछ कारण’



३० असार २०७६, काठमाडौँ

नायिका समेत रहेकी शील्पा पोखरेलसँग करिब ३ बर्षअघि लगन गाँठो कसेका छवीको वैवाहिक सम्बन्धमा यतिवेला दरार उत्पन्न भएको छ। केहीसमय अघि शिल्पाले घरेलु हिंसा गरेको भन्दै छवि विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रहरी चौकीमा बसेर छलफल गरेर यी दुईको सहमतिमा वार्ता त मिल्यो तर भित्रभित्रै छवि र शिल्पाको कुरा भने मिलेको छैन।

यसअघि पनि पटक पटक वैवाहिक जीवनमा धोका बेहोर्दै आएका निर्माता ओझाको चौथो विहे पनि यतिवेला संकटमा परेको छ । हिँजो आइतबार उनीहरुको वैवाहिक जीवनको तीन बर्षे बर्षगाँठ समेत थियो । तै पनि उनीहरुले सँगै वैवाहिक बर्षगाँठ मनाउन पाएनन् ।

यसअघिका कुनै श्रीमती तथा अहिलेकी श्रीमती शिल्पाको बारेमा उनी कुनै नकारात्मक देखिएनन् । उनले अहिले पनि शिल्पाका लागि आफ्नो दिल र घर दुबैको ढोका खुल्ला भएको बताए । उनले शिल्पाको खुशीको लागि जस्तो सुकै त्याग गर्न पनि आफू तयार रहेको सन्देश समेत पठाएका छन् ।

छवीले अब अर्को कुनै घरबार जोड्ने प्रयासमा नलाग्ने र शिल्पाले आफूलाई छोडे एक्लै जीवन विताउने सोंचमा रहेको बताए । तर, आफू नै मारमा हुँदा पनि मिडियाबाजी नगरेकाले शिल्पाले आफूमाथि एकहोरो दोष थुपारेकोमा भने उनले निकै दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्