एकै साथ देखिने भए बाबु छोरा अनमोल हिरो, भूवन भिलेन



३० असार २०७६, काठमाडौँ

नायक भूवन केसीले आफ्नै होम प्रोडक्शनमा बन्न लागेको नयाँ चलचित्रमा आफू भिलेनको अवतारमा देखिन लागेको खुलाएका छन् ।

आइतबार बेलुकी काठमाण्डौमा आयोजना भएको चलचित्र ‘मिस्टर नेपाली’को इन्डक्ल्याप कार्यक्रममा आफ्नो फेरिदो गेटअपको बिषयमा बोल्दै भूवनले भने–‘अहिले हामी हाम्रो होम प्रोडक्शनको नयाँ चलचित्रको तयारी गरिरहेका छौ । जहाँ, नायक अनमोल केसी लभर ब्वाइको भूमिकामा देखिदैछन् । म भने पूर्ण रुपमा भिलनेको अवतारमा देखिदैछु ।’

भूवनको गेटअप पनि अहिले परिवर्तन भएको छ । भूवनका अनुसार, अनमोल र उनको मुख्य भूमिका रहने चलचित्रको छायांकन तिहारपछि सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्