‘म सहित बलिउडमा जम्मा पाँच सेलिब्रेटी’ : सलमान खान



२९ असार २०७६, काठमाडौँ

सलमान खान आजभोली सामाजिक सञ्जालमा निकै सक्रिय देखिन थालेका छन् । उनी विभिन्न कारणले गर्दा चर्चामा आइरहेका हुन्छन् । यस्तै अहिले पनि सलमानको एक भनाई सामाजिक सञ्जालमा निकै फेमस भैरहेको छ ।

सलमानले केहीदिन अघिमात्र मसहित बलिउडमा जम्मा ५ सेलिब्रेटि रहेका छन् भनेका छन् । सलमानले यो क्षेत्रमा निकै लामो समयसम्म आफ्नो स्टारडम कायम नै राख्न निकै गाह्रो भएको बताएका छन् । तर उनको नजरमा उनी स्वयम, शाहरुख खान, अक्षय कुमार, आमिर खान र अजय देवगनले अहिलेसम्म बलिउडमा आफ्नो स्टारडमलाई कायम नै राख्न सकेको बताएका छन् ।

उनले अझै केही बर्ष आफूहरुले आफ्नो स्टारडम कायम राख्न सक्ने बताएका छन् । सलमानको यो कुरा केही हदसम्म सहि रहेको धेरैको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्