मधेशी आयोगको अन्तरक्रियात्मक गोष्ठी सम्पन्न



२६ असार २०७६, काठमाडौं

मधेशी आयोगले काठमाडौंमा ‘मधेशी समुदाय को हकहित को संरक्षण तथा सम्बर्धन’ विषयमा अन्तरक्रियात्मक गोष्ठी सम्पन्न गरेको छ ।

गोष्ठीलाई दुई सत्रमा विभाजन गरिएको थियो । पहिलो सत्र उदघाटन तथा मधेशी आयोगको परिचय सम्बन्धमा थियो भने दोस्रो सत्र बिभिन्न क्षेत्रका विज्ञहरुसँग प्रदेशहरुमा उठेका समस्याको समाधान समुहगत रुपमा छलफल गरि संकलन गर्ने रहेको थियो ।

पहिलो सत्रमा प्रमुख अथिति उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेल, अथिति थारु आयोगका अध्यक्ष विष्णु चौधरी तथा लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनाली रहेका थिए ।

मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले दोस्रो सत्रमा प्राप्त भएको सुझाव तथा समस्या समाधानका उपायहरुलाई राष्ट्रपतिलाई दिईने वार्षिक प्रतिवेदनमा राखिने बताए ।

गोष्ठीमा सामाजिक तथा सांस्कृतिक, आर्थिक तथा पर्यावरणीय तथा राजनीतिक तथा विविध समुह गरि ३ समुहमा १५० जना विज्ञहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्