कपिल शर्माको देखियो नयाँ अवतार



२६ असार २०७६, काठमाडौँ

कपिल शर्मा  चर्चित कमेडियन हुन् । उनले लामो समयदेखि ‘द कपिल शर्मा शो’ चलाउँदै आएका छन् । उनको शो लाई दर्शकले निकै रुचाउने गरेका छन् ।

कमेडी किङ कपिलका पटक पटक विभिन्न ‘अवतार’ देख्न पाइन्छन् । यो पटकको विकेण्डमा कपिल शर्मा नयाँ अवतारमा आउने भएका छन्।

कपिलले ट्विटर एकाउन्टमा एउटा तस्वीर शेयर गरेका छन् जसमा कपिल शर्मा उस्ताद मिडियम बेगुन अली खान साहिब बनेका छन्।

कपिल शर्माको पूरै टीमले यो पटक कौवाली टीम तयार बनाएका छन्। कपिल कालो कुर्ता पाइजामा, सुनौलो रङको टोपी लगाएका कपिलको हातमा रुमाल देखिन्छ।

प्रतिक्रिया दिनुहोस्