थाहा पाउनुस् यस्तो हुन्छ सपनामा आफ्नै विवाह भएको देख्दा



२६ असार २०७६, काठमाडौँ

हामीले देख्ने सपनाको दैनिक जीवनमा शुभ अशुभ संकेत गर्छ भन्ने जनविश्वास छ ।  हामीले देख्ने सपना कहीँ न कहीँ बिपनासँग पनि जोडिएको हुन्छ  कति सपना निदाउँदा देखिन्छ भने कति सपनाले निदाउँनै दिँदैन ।

यदि कोही ब्यक्ति सपनामा बिवाह वा त्यससँग सम्बन्धित अन्य कुनै बस्तु देख्दछ भने त्यसको शुभ र अशुप दुबै अर्थ हुन्छ  सपनामा आफ्नै विवाह भएको देख्नुभयो अथवा साथी, नातेदार कसैको विवाह भएको देख्नु भयो भने यस्तो सपनाको शुभ संकेत मानिदैन यस्तो सपना देख्दा तपाईँको काममा कुनै बाधा आउनसक्ने संकेत दिन्छ ।

सबैलाई यो भविश्वाणी अनुसार मिल्छ नै भन्ने हुँदैन तर सपनाका धेरै अर्थ लगाउने हाम्रो नेपाली समाजमा पनि चलनमा छ ।

यदि तपाईँले कोही महिलाको विवाह हुँदै गरेको देख्नुभयो भने यो तपाईँको लागि शुभ संकेत हुने विश्वास गरिन्छ  यस्तो सपना देखे तपाईँको जीवनमा छिट्टै खुशी आउनेवाला छ भनेर बुझिन्छ  तर बेहुली रुँदै गरेको देख्नुभयो भने त्यसलाई अशुभ मानिन्छ यदि कोही केटी आफ्नो सपनामा प्रेमीले अर्कै केटीसँग विवाह गरेको देख्नुभयो भने मान्नुस त्यसको विवाह छिट्टै हुन्छ  विवाहका गहना देखे पनि छिट्टै विवाह हुने संकेत बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस्