श्रीमान् छविबाट नै असुरक्षित भएको भन्दै शिल्पाले प्रहरीमा दिइन् उजुरी



२५ असार २०७६, काठमाडौँ

छवि ओझा केही समय अघि आफ्नो र शिल्पाको विवाह भैसकेको बताएका छन् । त्यससमय देखि ने शिल्पा छविसँग बस्दै आएकी छिन् । उनीहरु श्रीमान् श्रीमतीको रुपमा बस्दै आएका थिए । शिल्पा छविको चौथो श्रीमतीको रुपमा उनको घरमा भित्रिएकी थिइन् ।

अहिले शिल्पाले आफ्नै श्रीमान् छविबाट असुरक्षित भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । केही समयदेखि छवि र शिल्पाको सम्बन्ध बिग्रिएको खबर आइरहेको थियो । नभन्दै शिल्पाले छविबाट नै आफू असुरक्षित भएको बताएकी छिन् ।

म्यूजिक भिडियोबाट चलचित्रमा शिल्पालाई छविले नै ल्याएका थिए । त्यसैबेला देखि छवि र शिल्पा प्रेममा थिए । दुईले विवाह भने गुपचुप रुपमा नै गरेका थिए । प्रहरीले छवि र शिल्पासँग छलफल गर्ने बताएका छन् । यसबारे अहिलेसम्म छवि भने चुप नै छन् ।

प्रतिक्रिया दिनुहोस्