महिलाको अपमान गरेको आरोपमा बलिउडका चर्चित र्‍यापर हनी सिंह विरुद्ध हालियो मुद्दा



२५ असार २०७६, काठमाडौँ

हनी सिंह बलिउडका चर्चित र्यापर हुन् । उनले बलिउडमा थुप्रै सुपरहिट गीतहरु दिइसकेका छन् । तिनै हनी सिंह विरुद्ध मुद्दा हालिएको छ । केहीसमय अघि रिलिज भएको हनी सिंहको मखना गीतमा केही आपत्तिजनक शब्दको प्रयोग गरिएको छ ।

उक्त गीतमा महिलालाई होच्याउने शब्दको प्रयोग गरेको आरोपमा उनी विरुद्ध मुद्दा हालिएको हो । धेरैले उनलाई महिलाको बेइजत गर्न खोजेको बताएका छन् । त्यसबाहेक उक्त गीतले अश्लिलता फैलाएको पनि भनिएको पनि छ । महिला आयोगले उनी विरुद्ध मुद्दा हालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्