सलमान र कट्रिनाले गरे बिहे !



२५ असार २०७६, काठमाडौँ

सलमान र कट्रिनाको विवाहको फोटो अहिले चारैतिर भाइरल भैरहेको छ । वास्तवमा उनीहरुको उक्त तस्बिर चलचित्र भारत को सुटिङको क्रममा खिचिएको थियो । तर अहिले तस्बिरले निकै चर्चा पाइरहेको छ ।

सलमान र कट्रिना पूर्व प्रेमी प्रेमिका हुन् । यी दुईको जोडीलाई दर्शकले निकै रुचाउने गरेका छन् भने रियलमा कपल भएको हेर्ने रहर पनि गरेका छन् । तर सलमान विवाह नै गर्ने मुडमा भने छैनन् ।

अहिले सलमान र कट्रिना मिल्ने साथी हुन् । तर उक्त तस्बिरमा दर्शकले निकै पोजेटिभ कमेन्ट गरेका छन् । सबैले सलमान र कट्रिनाको रियलमा बिहे भएको हेर्ने चाहना व्यक्त गरेका छन् । तर यो सम्भव भने नहोला । किनकी सलमान स्वयमले बिहे गर्ने चाहना नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्