अक्षय र रबिनाको रोमान्स देखेर हेरेको हेर्‍यै रणवीर, जसका कारण सुटिङबाट निकालिए



२४ असार २०७६, काठमाडौँ

रबिना टन्डन र अक्षय कुमारको जोडी बलिउडमा निकै राम्रो मानिन्छ । यी दुईले एकसाथ थुप्रै चलचित्रमा काम गरिसकेका छन् । यस्तै यी दुईका चलचित्रका गीत अझैपनि उत्ति नै चर्चामा छन् ।

विशेष टिपटिप बर्षा पानी बोलको गीत निकै नै लोकप्रिय छ । यो गीतको रमाइलो घटना अहिले बाहिर आएको छ । यो गीतको छायांकनमा अहिलेका स्टार रणवीर सिंह पनि पुगेका थिए । उनी आफ्नो बुबाका कारण उक्त गीतको सुटिङ हेर्न गएका थिए । त्यससमय रणवीरले रबिनालाई देखेर हेरेको हेरै भएका थिए ।

उनलाई त्यसबेला संसारकी सबैभन्दा राम्री केटी नै रबिना हो जस्तो लागेको थियो । तर रणवीरले त्यसरी हेर्दा रबिनाले सुटिङ गर्न असहज महशुस गरिरहेकी थिइन् । त्यसैले रणवीरलाई त्यस समयमा सुटिङबाट बाहिर नै निकादिएका थिए । रणवीर त्यसबेला निकै नै दुखी भएका थिए । तर अहिले उक्त घटना सम्झदाँ उनी आफूलाई निकै हाँसो लाग्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्