स्वराको टुट्यो पाँच बर्ष लामो प्रेम सम्बन्ध



२४ असार २०७६, काठमाडौँ

स्वरा भास्कर आफ्नो बिन्दास स्वभावका कारण प्राय चर्चामा आइरहन्छिन् । उनि धेरै पटक उत्तेजक विचार व्यक्त गरेकै कारण ट्रोल समेत बन्दै आएकी छिन् । कुनै न कुनै फन्डाले उनी सधै चर्चामा आउँछिन् । यतिबेला भने स्वराको  प्रेमी हिमांशु शर्मासँगको  ब्रेकअपलाई लिएर चर्चामा आहिरहेकी छिन् ।

स्वरा पछिल्लो पटक ‘वीरे दी वेडिङ’ चलचित्रमा देखिएकी थिइन् । त्यसपछि भने उनि कुनै चलचित्रमा देखिएकी छैनन्  ।

स्वरा भास्कर र हिमांशु शर्माको पाँच बर्षदेखि चलिरहेको अफेयर ब्रेक भएको छ । फिल्म ‘तनु वेड्स मनु’ मा काम गर्ने क्रममा दुबै एक अर्काको नजिक आएका उनिहरु भविष्य कस्तो हुनेछ भन्ने कुरालाई लिएर भएको मतभेदका कारण  अलग भएको समाचारमा जनाइएको छ ।

उनिहरु दुबैको सहमतिमा ब्रेकअप गर्ने निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्