नीताले ‘मम हन्टिङ’ निर्माण गर्ने



२४ असार २०७६, काठमाडौँ

नीता ढुंगानाले ३ वर्ष पहिले आफ्नो जन्मदिनको अवसर पारेर चलचित्र निर्माण गर्ने घोषणा गरेकी थिइन् । साथै नीताले चलचित्र आफ्नै व्यानरबाट निर्माण हुने समेत बताएकी थिईन् ।

निर्माण घोषणा भएको लामो समय बितिसक्दा पनि चलचित्रको नाम नीताले सार्वजनिक गरेकी थिइनन् । अब भने चलचित्रको नाम सार्वजनिक भएको छ । नीताले आफ्नो चलचित्रको नाम ‘मम हन्टिङ’ राखेकी छिन् । चलचित्रको विषयवस्तुसँग मेल खाने भएकाले चलचित्रको नाम मम हन्टिङ राखिएको नीताले बताइन् । उनले भनिन्, ‘अहिलेलाई मम हन्टिङ नाम जुरेको छ । पछि परिवर्तन हुन पनि सक्छ ।

कोशिस क्षेत्रीले चलचित्रको स्कृप्ट लेखिसकेका छन् भने निर्देशन गर्नका लागि समुन्द्र भट्ट पनि तयार भइसकेका छन् । चलचित्रका लागि केही कलाकारहरुसँग कुरा भइरहेको नीताले बताइन् ।

निर्देशक, स्कृप्ट र कलाकार तयार छन् । तर पनि उनले चलचित्रको छायांकन सुरु गर्न सकेकी छैनन् , कारण उनले लगानीकर्ता पाइरहेकी छैनन् । लगानीकर्ता भेट्नेबित्तिकै नीताले आफ्नो चलचित्रको छायांकन सुरु गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्